Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

समानुपातिक बन्दसूचीको विवरण सच्याउन दलहरूलाई भोलिसम्मको समयसीमा 

समानुपातिक बन्दसूचीको विवरण सच्याउन दलहरूलाई भोलिसम्मको समयसीमा 

  • आइतवार, मंसिर २५ २०७९

  • 488
    SHARES

  • समानुपातिक बन्दसूचीको विवरण सच्याउन दलहरूलाई भोलिसम्मको समयसीमा 
    काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरूलाई समय दिएको छ । 
     
    आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरूलाई त्रुटि सच्याएर पुनः विवरण पठाउनका लागि सोमबार(भोलि) दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।
     
    आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरूले बुझाएको समानुपातिक उम्मेदवारहरूको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताउनुभयो ।
     
    केही राजनीतिक दलहरूले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरूलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।
     
    उहाँले आयोगले दलहरूबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरूलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने जानकारी दिनुभयो । 
     
    वाग्लेले १४ वटा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले हिजो नै बन्दसूचीमा रहेका उम्मेदवारहरूको नामावली पेस गरेका जानकारी दिनुभयो ।
     


    आइतवार, मंसिर २५ २०७९०५:४२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij