Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज १२ सय ४६ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

आज १२ सय ४६ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

  • बिहिवार, भाद्र २५ २०७७

  • 937
    SHARES

  • आज १२ सय ४६ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

    काठमाडौं । नेपालमा आज थप १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् ।

    योसँगै कोरोना संक्रमितको कुल संक्रमित संख्या ५० हजार ४६५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।

    जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना छन् ।

    त्यस्तै, हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ ।

    यस्तै आज ११ हजार १४४ जनाको पिसिआर परीक्षण भएको छ ।

    यसैबीच, कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ ।

     


    बिहिवार, भाद्र २५ २०७७०५:१९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij