Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जाजरकोट जीप दुर्घटना अपडेटः मृतकको संख्या ११ पुग्यो

जाजरकोट जीप दुर्घटना अपडेटः मृतकको संख्या ११ पुग्यो

  • सोमवार, मंसिर २६ २०७९

  • 636
    SHARES

  • जाजरकोट जीप दुर्घटना अपडेटः मृतकको संख्या ११ पुग्यो

    काठमाडौं । जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

    आज दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।

    चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो ।

    अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ ।

    मृतकको नामावली

    चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेख
    अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
    सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख
    वीर बहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट
    जयकुमार बुढा– छेडागाड ५ जाजरकोट
    नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट
    राम बहादुर बुढा – छेडागाड ६ जाजरकोट
    दीपक अधिकारी– छेडागाड ५ जाजरकोट
    देवीसरा बुढा –छेडागाड ५ जाजरकोट
    अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट
    निशा अधिकारी –छेडागाड जाजरकोट

    घाइते छेडागाड – २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।


    सोमवार, मंसिर २६ २०७९०७:१०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij