Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रवी लामिछानेको पार्टी पनि सरकारमा जान लचक

रवी लामिछानेको पार्टी पनि सरकारमा जान लचक

  • मंगलवार, मंसिर २७ २०७९

  • 468
    SHARES

  • रवी लामिछानेको पार्टी पनि सरकारमा जान लचक

    काठमाडौं।पहिलो पटक संसदमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि आगामी नयाँ सरकारमा सहभागी हुन लचक देखिएको छ ।

    संसदको चौंथो शक्तिका रुपमा स्थापित रास्वपाले केही न्यूनतम सर्तहरु अघि सार्दै आगामी सरकारमा सहभागी हुने विषयमा छलफलको ढोका खुला गरेको हो ।

    सभापति रवि लामिछाने सरकारमा सहभागी भएर तत्काल आफूहरुलाई परीक्षामा उतानुपर्ने पक्षमा छन्। यद्यपि केही नेताहरुले चाहिं अहिलेको लोकप्रियता खस्किन नदिन पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्नेमा जोड दिइरहेका छन् ।

    औपचारिक रुपमा सरकारमा जाने वा नजाने विषयमा छलफल नगरीए पनि अनौपचारिक कुराकानीहरु भइरहेको रास्वपा प्रवक्ता डा. मुकुल ढकालले बताउनुभयो ।

    ढकालले कुनै परिवर्तनको अनुभूतिविना मन्त्री बन्नमात्रै भने सरकारमा नजाने ढकाल बताउनुहुन्छ। पार्टीभित्र पुरानै अनुहारलाई स्वीकारेर सरकारमा सहभागी नहुन पनि कार्यकर्ताको दबाब छ।

    रास्वपाले भ्रष्टाचार न्यूनीकरण र देश बाहिर रहेका युवाहरुलाई पनि मताधिकार दिनुपर्ने विषयलाई लाई मुख्य एजेन्डा बनाएको छ। रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सीट जितेको छ ।


    मंगलवार, मंसिर २७ २०७९०१:१५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij