Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री बने भ्रष्टाचार नियन्त्रण गर्छुः प्रचण्ड

प्रधानमन्त्री बने भ्रष्टाचार नियन्त्रण गर्छुः प्रचण्ड

  • बुधवार, मंसिर २८ २०७९

  • 786
    SHARES

  • प्रधानमन्त्री बने भ्रष्टाचार नियन्त्रण गर्छुः प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने बताउनुभएको छ ।

    आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री भए भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्ने बताउनुभएको हो । प्रचण्डले भन्नुभयो, देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्छु । भ्रष्टाचार नियन्त्रण यो देशको विकासका लागि अनिवार्य सर्त छ । ’

    प्रचण्डले अब कसरी अगाडि बढ्ने भनेर घनिभूतरुपमा गृहकार्य गरिरहेको बताउनुभयो ।

    सबै राजनीतिक दलहरु अहिलेको परिस्थितिलाई कसरी ग्रहण गर्ने र आउने दिनमा जनताको बृहत्तर हीतमा लाग्ने विषयमा छलफल सुरु भएको बताउनुभयो ।राजनीतिक परिवर्तनको दिगोपनमा प्रश्न उठिरहेको उहाँको भनाइ छ।

     


    बुधवार, मंसिर २८ २०७९०२:४४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij