Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

धनुषा ४ मा पुनः मतगणना माग गर्दै कांग्रेस उम्मेदवार महेन्द्र यादवद्धारा सर्वोच्चमा रिट

धनुषा ४ मा पुनः मतगणना माग गर्दै कांग्रेस उम्मेदवार महेन्द्र यादवद्धारा सर्वोच्चमा रिट

  • बुधवार, मंसिर २८ २०७९

  • 582
    SHARES

  • धनुषा ४ मा पुनः मतगणना माग गर्दै कांग्रेस उम्मेदवार महेन्द्र यादवद्धारा सर्वोच्चमा रिट

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा धनुषा ४ का उम्मेदवार महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिनुभएको छ।

    एमालेका उम्मेदवार रघुवीर महासेठसँग पराजितत यादवले मतपरिणामप्रति असहमती जनाउँदै दोहोर्‍याएर मत गन्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

    रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ । रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।


    बुधवार, मंसिर २८ २०७९०३:२६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij