Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जरिवाना रकम मिनाहा गरिदिन बालेनको आयोगलाई पत्र, आयोग भन्छ-मिनाहा हुँदैन

जरिवाना रकम मिनाहा गरिदिन बालेनको आयोगलाई पत्र, आयोग भन्छ-मिनाहा हुँदैन

  • बुधवार, मंसिर २८ २०७९

  • 589
    SHARES

  • जरिवाना रकम मिनाहा गरिदिन बालेनको आयोगलाई पत्र, आयोग भन्छ-मिनाहा हुँदैन

    काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले जरिवाना रकम मिनाहा गरिदिन निर्वाचन आयोगलाई पत्र पठाउनुभएको छ ।

    गत ३० भदौमा भएको स्थानीय तहको निर्वाचन खर्च समयमा पेस नगरेको भन्दै आयोगले जरिवाना लगाएको थियो । समयमा खर्च विवरण पेस नगर्ने महानगर प्रमुखको उम्मेदवारलाई ७ लाख ५० हजार जरिवाना आयोगले तोकेको थियो । उक्त जरिवाना रकम मिनाहा गरिदिन बालेनले आयोगमा निवेदन दिनुभएको हो । निवेदनमा बालेनले भन्नुभएको छ, ‘निर्वाचन सकिएपछि फेसबुकबाट खर्चको विवरण सार्वजनिक गरेको हो । फोहोर वयवस्थापनमा जुटेकाले बुझाउन नसकेकाले एकपटकलाई मिनाहा गरिदिनू ।’

    जरिवानाको निर्णय भइसकेकाले मिनाहा दिने व्यवस्था कानुनमा नभएको आयोगका अधिकारीहरू बताउँछन् । आयोगको कानुन शाखाले बालेनको पत्रका बारेमा थप निर्णयका लागि आयोगमा पेस गरेको छ ।

    स्थानीय तहको निर्वाचनमा गरेको खर्चको विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई गत ३१ भदौमा निर्वाचन आयोगले कारबाही गर्ने निर्णय गरेको थियो । करबाहीअन्तर्गत पहिलो चरणमा आयोगले खर्चको विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिवाना तोकेको छ ।

     


    बुधवार, मंसिर २८ २०७९०३:३१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij