Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको प्रतिवेदन बुझायो

निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको प्रतिवेदन बुझायो

  • बिहिवार, मंसिर २९ २०७९

  • 518
    SHARES

  • निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको प्रतिवेदन बुझायो

    काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ।

    आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाउनु भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ निर्वाचन परिणाम सहितको प्रतिवेदन पेस गर्नु भयो,’ उल्लेख छ।

    आयोगले प्रदेश सभाको निर्वाचन प्रतिवेदन भने पुष २ गते मात्रै सम्बन्धित प्रदेश प्रमुखसमक्ष बुझाउने बताएको छ।


    बिहिवार, मंसिर २९ २०७९१२:५६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij