काठमाडौं ।संघीय संसद सचिवालयले निर्वाचन आयोगसमक्ष सांसदहरूको जन्ममिति सहितको विस्तृत विवरण माग गरेके छ ।
आज आयोगलाई पत्राचार गर्दै सचिवालयले सांसदहरूको विवरण मागेको संसद सचिवालयका उपसचिव दशरथ धमलाले जानकारी दिनुभयो ।
उहाँअनुसार आयोगले सांसदहरूको नामावली उपलब्ध गराए पनि पूर्ण विवरण नपठाएपछि पत्राचार गरिएको हो। संसदमा प्रत्यक्ष र समानुपातिक गरी २७५ सांसद चुनिएका छन् ति सबै सांसदको विवरण माग गरीएको हो ।