Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा ३ वर्षपछि कोरोना संक्रमितको संख्या शून्य

नेपालमा ३ वर्षपछि कोरोना संक्रमितको संख्या शून्य

  • शुक्रवार, पौष १ २०७९

  • 706
    SHARES

  • नेपालमा ३ वर्षपछि कोरोना संक्रमितको संख्या शून्य

    काठमाडौं । नेपालमा तीन वर्षपछि दैनिक कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि संक्रमण पुष्टि भएको छैन ।

    कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा संक्रमित संख्या शून्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।
    ८४६ नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो ।

    आज १ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, पौष १ २०७९०४:२८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij