Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

स्थानीय तहको काम पारदर्शी हुनुपर्यो : प्रधानमन्त्री देउवा

स्थानीय तहको काम पारदर्शी हुनुपर्यो : प्रधानमन्त्री देउवा

  • शनिवार, पौष २ २०७९

  • 452
    SHARES

  • स्थानीय तहको काम पारदर्शी हुनुपर्यो : प्रधानमन्त्री देउवा

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताउनुभएको छ।

    ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सर्वसाधारणको नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रति नै बढी जिम्मेवार, परिणाममुखी तथा जवाफदेही हुनुपर्ने बताउनुभयो ।

    नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको स्मरण गर्दै उहाँले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्न पनि सुझाव दिनुभयो ।


    शनिवार, पौष २ २०७९०१:०२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij