Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकप फुटबलमा तेस्रो

मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकप फुटबलमा तेस्रो

  • आइतवार, पौष ३ २०७९

  • 404
    SHARES

  • मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकप फुटबलमा तेस्रो

    काठमाडौं । क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।

    मोरक्कोले भने कतार विश्वकपमा चौंथो स्थान हासिल गरेको छ । रोमान्चक खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे ।

    मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौं मिनेटमा इभान पेरिसिचको पासमा जोस्कोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए ।

    तर, खेलको नवौं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ४२ औं मिनेटमा सोरिसिचले लिभाजाको पासमा गोल गर्दै क्रोएसियालाई २-१ को जित दिलाए ।

    सेमिफाइनलमा पराजित भएपछि क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएको हो ।


    आइतवार, पौष ३ २०७९०७:०४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij