Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

थप २ जना कोरोना संक्रमितको मृत्यु

थप २ जना कोरोना संक्रमितको मृत्यु

  • शुक्रवार, भाद्र २६ २०७७

  • 792
    SHARES

  • थप २ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । ललितपुर र विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको आज विहान मृत्यु भएको हे ।काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

    स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

    यसैबिच, विराटनगरमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारमा लागि पु¥याएको आधा घण्टा नपुग्दै एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ।

    विराटनगर महानगरपालिका–१९ मिलनचोककी ४० वर्षीया महिलाको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताउनु भएको छ ।

    मृतक महिलामा विगत पाँच दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने लगायतका समस्या देखिएका थिए।

     

     


    शुक्रवार, भाद्र २६ २०७७०९:१५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij