काठमाडौं । ललितपुर र विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको आज विहान मृत्यु भएको हे ।काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
यसैबिच, विराटनगरमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारमा लागि पु¥याएको आधा घण्टा नपुग्दै एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१९ मिलनचोककी ४० वर्षीया महिलाको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताउनु भएको छ ।
मृतक महिलामा विगत पाँच दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने लगायतका समस्या देखिएका थिए।