Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

समयमै बजेट नल्याउने स्थानीय तहलाई संघीय सरकारको परिपत्र

समयमै बजेट नल्याउने स्थानीय तहलाई संघीय सरकारको परिपत्र

  • आइतवार, पौष ३ २०७९

  • 657
    SHARES

  • समयमै बजेट नल्याउने स्थानीय तहलाई संघीय सरकारको परिपत्र

    काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना पुरा हुँदासम्म पनि बजेट ल्याउन नसक्ने ८ स्थानीय तहलाई संघीय सरकारले ताकेता गरेको छ ।

    नेपालको संविधान, स्थानीय तहलाई प्राप्त अधिकार र प्रचलित कानुनको पूर्ण पालना गरी जनतालाई प्रदान गरिने सेवा प्रवाह गर्न÷गराउन संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

    चालु आवमा सिराहाका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाको नगराइन नगरपालिका र कमला नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका र बौधीमाई नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका र बाँकेको डडुवा गाउँपालिकाले अहिलेसम्म चालु आवको बजेट ल्याउन सकेका छैनन् ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँ÷नगरसभाले असार मसान्तसम्म आगामी आवको बजेट पारित गरिसक्नु पर्छ ।
    बजेट पारित गरी त्यसको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट समेत गर्नुपर्छ ।
    बजेट पास नहँदा स्थानीय तह मार्फत जनतालाई प्रदान गरिने सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासनका काम प्रभावित भएको गुनासो मन्त्रालयमा आएको समेत सूचनामा उल्लेख गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत नियमनकारी निकायबाट समेत यसबारे तोकेता भएको भन्दै मन्त्रालयले स्थानीय तहहरुलाई सचेत गराएको छ ।


    आइतवार, पौष ३ २०७९०३:५४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij