Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

  • शुक्रवार, भाद्र २६ २०७७

  • 966
    SHARES

  • नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

    काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरू भएको छ । लामो समय अवरुद्ध स्थायी कमिटी बैठक नयाँ एजेन्डासहित प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनअघि स्थायी कमिटीका एजेण्डा तय गरेका थिए। पार्टीभित्र देखिएको विवाद समाधानका लागि सुझाव दिन महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलको सुझावको आधारमा स्थायी कमिटी बैठकका नयाँ एजेण्डा तय भएका हुन्।

    असार १० गते शुरू भइ पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लोपटक साउन ६ गते छोटो समयका लागि बसेको थियो । साउन १३ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको भेला भएपनि त्यो भेलाले औपचारिक मान्यता पाएको थिएन।

    स्थायी कमिटीको बैठक आज नै अन्त्य गर्ने नेकपाको तयारी छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग स्थायी कमिटीमा उहाँले बैठक नै बहिस्कार गर्नु भएको थियो। पटक पटकको बैठकमा उहाँ अनुपस्थीत भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

    अहिले पनि शिर्ष नेताहरुका बीचमा असन्तुष्टि बाँकी नै रहेकाले आज सामान्य छलफल गराएर बैठक अन्त्य गर्ने तयारी भएको हो । बैठक चाडो सम्पन्न गर्नका लागि दुई पार्टीको कार्यदलले तयार पारेको सहमतिको खाका स्थायी कमिटी सदस्यहरूलाई दुई दिनअघि नै पठाइएको छ।


    शुक्रवार, भाद्र २६ २०७७१२:०८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij