काठमाडौं ।जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताउनुभएको छ ।
निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुदै गर्दा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफ्नो पार्टीबाट विजयी सदस्यहरूको संख्या र मधेसका जनताको माग पनि जनमत पार्टीको नेतृत्वको सरकार खोजिरहेको बताउनुभयो ।
उहाँले हालको सत्ता गठबन्धनलाई नै समर्थन रहने संकेत गर्दै यसका लगि पार्टीले उठाउँदै आएका मागहरू पुरा गर्न सरकारले घनिभूत र ठोस रुपमा प्रतिबद्धता जनाउनु पर्ने बताउनुभयो ।
गठबन्धनबाहेक अरुसँग पनि छलफल भइरहेको र ती छलफललाई सकारात्मक रुपमा लिएको पनि उहाँको भनाइ छ ।