Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस संसदीय दलको नेता बन्न ५१ हजार शुल्क

कांग्रेस संसदीय दलको नेता बन्न ५१ हजार शुल्क

  • सोमवार, पौष ४ २०७९

  • 427
    SHARES

  • कांग्रेस संसदीय दलको नेता बन्न ५१ हजार शुल्क

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिँदा ५१ हजार शुल्क लाग्ने भएको छ ।

    मंसिर ६ गते अर्थात पर्सि बुधबार बिहान बिहान ८ देखि १० बजेसम्म हुने निर्वाचनका लागि उम्मेदवारले दरखास्तका साथ ५१ हजार रुपैयाँ दाखिल गर्नुपर्ने निर्वाचन समितिले जानकारी दिएको छ।

    निर्वाचन प्रक्रिया पुस ४ गते अर्थात आजदेखि सुरु भएर मनोनयन दर्ता पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म दरखास्त दिन सकिने समितिले जनाएको छ ।

    कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ ।

    कांग्रेसको संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बन्दा इतर पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा उत्रिने या सहमतीमा जाने भन्ने छलफल चल्दै छ ।

    यता स्रोतका अनुसार शेखर–गगनले आफू निकट ठानेका योगेश गौचन, सुरेन्द्र आचार्य, दीपक गिरि र दीपक खड्काले देउवालाई साथ दिने सम्भावना बढेको छ ।


    सोमवार, पौष ४ २०७९०३:४५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij