प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुनः पोजेटिभ आएको छ । मन्त्री घिमिरेलाई कोरोना लक्षण देखिएपछि होम आइसोलेसनमा बसी परीक्षण गर्दा संक्रमण देखिएको थियो।
संक्रमण पुष्टि भएका घिमिरेको करिब दुई सातापछि हिजो गरिएको पीसीआर परीक्षण रिपोर्टमा आज पुन:पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
उहाँको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएकाले पुन:परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको स्वकीय सचिवालयले जनाएको छ । मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।