Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव नेपाल अस्पताल भर्ना

माधव नेपाल अस्पताल भर्ना

  • मंगलवार, पौष ५ २०७९

  • 770
    SHARES

  • माधव नेपाल अस्पताल भर्ना

    काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।

    अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएपछि उपचारको लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो।

    उहाँको उपचारमा त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको छ ।

    संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको नेपालको निजि सचिवालयले जनाएको छ ।


    मंगलवार, पौष ५ २०७९०२:४२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij