काठमाडौं । धादिङको गजुरी गाउँलिका–२ को बिहानी पम्प नजिक यात्रुबाहक बस र माइक्रो बस दुर्घटना भएका छन् ।
आज भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस पृथ्वी राजमार्गको गजुरीको बिहानी पम्प नजिक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ।
यात्रुबाहक बस र माइक्रोबस एक–आपसमा ठोक्किदा अन्य १४ जना घाइते भएको प्रहरीले बताएको छ।