Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमाले संसदीय दलको नेतामा केपी ओली निर्विरोध चयन

एमाले संसदीय दलको नेतामा केपी ओली निर्विरोध चयन

  • मंगलवार, पौष ५ २०७९

  • 852
    SHARES

  • एमाले संसदीय दलको नेतामा केपी ओली निर्विरोध चयन

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ । मंगलबार (आज) उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन हुनुभएको हो ।

    संसदीय दलको नेता चुनिएपछि ओलीले सांसदहरूलाई आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिनुभएको छ । संसदलाई अकर्मण्यताबाट बचाउनका लागि एमालेका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ।

    जनतासँगको सम्बन्ध पनि थप प्रगाढ बनाउन उहाँले सांसदहरूलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन्।


    मंगलवार, पौष ५ २०७९०५:२३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij