Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सांसदहरूको शपथअघि सर्वदलीय बैठक बस्ने

सांसदहरूको शपथअघि सर्वदलीय बैठक बस्ने

  • बुधवार, पौष ६ २०७९

  • 627
    SHARES

  • सांसदहरूको शपथअघि सर्वदलीय बैठक बस्ने
    काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहणभन्दा पहिले नै संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको छ ।
     
    बिहीबार(भोलि) १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि १२ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको हो । संसद् सचिवालय स्रोतका अनुसार १२ राजनीतिक दलबाट १/१ जना र ५ स्वतन्त्र सांसदहरूलाई सर्वदलीय बैठकमा बोलाइएको छ ।
     
    उक्त बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ गर्ने एक अधिकारीले बताउनुभयो । शपथ कसरी लिने, सांसदहरूलाई दिइने सुविधा लगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारीले ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ ।
     
    उक्त बैठकमा सांसदहरूलाई सकेसम्म राष्ट्रिय पोसाकमा आउन या आफ्नो मौलिक संस्कृति झल्किने पोसाक लगाएर उपस्थित हुन आग्रह गरिने पनि बताइएको छ ।
     
     


    बुधवार, पौष ६ २०७९०४:०५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij