Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

हिजो शपथ लिन छुटेका रामकुमार र महिन्द्रले आज शपथ लिए

हिजो शपथ लिन छुटेका रामकुमार र महिन्द्रले आज शपथ लिए

  • शुक्रवार, पौष ८ २०७९

  • 505
    SHARES

  • हिजो शपथ लिन छुटेका रामकुमार र महिन्द्रले आज शपथ लिए

    काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचीत २ सांसदले आज पद तथा गोपनियताको शपथ लिएका छन्। हिजो शपथ ग्रहण गर्न छुटेका चार मध्ये नेकपा माओवादी केन्द्रका रामकुमार राई र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

    उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद सचिवालय सिंहदरबारमा शपथ गराउनु भएको हो ।

    उपत्यका बाहिर रहेका यादव र राई दुवै जना मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा हिजोको शपथ ग्रहण समारोहमा सहभागी हुन सकेका थिएनन् ।

    अब एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि शपथ ग्रहण बाँकी छन्। प्रतिनिधि सभाका अन्य सदस्यहरुले संसद भवन नयाँबानेश्वरमा हिजो शपथ ग्रहण गरेका थिए ।


    शुक्रवार, पौष ८ २०७९०१:२९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij