Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अस्पताल निर्माणका विषयमा बैतडीको मेलौलीमा झडप, २६ जना घाइते

अस्पताल निर्माणका विषयमा बैतडीको मेलौलीमा झडप, २६ जना घाइते

  • शुक्रवार, पौष ८ २०७९

  • 488
    SHARES

  • अस्पताल निर्माणका विषयमा बैतडीको मेलौलीमा झडप, २६ जना घाइते

    काठमाडौं । अस्पताल निर्माणका विषयमा विवाद हुँदा बैतडीको मेलौलीमा झडप भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पन्थीका अनुसार १५ शैयाको अस्पताल कहाँ बनाउने भन्नेबारे विवाद हुँदा झडप भएको हो ।

    बिहीबार भएको झडपमा दुबै पक्ष गरी २६ जना घाइते भएको पन्थीले बताउनुभयो । घाइतेहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    मैलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयले आफ्नो वडामा स्वास्थ्यचौकी बन्नुपर्ने माग राखेपछि झडपको स्थिति सृजना भएको हो । प्रजिअ पन्थीका अनुसार अस्पताल बनाउने विवाद २०७० साल देखिको हो ।

    मंगलबार वडा नं ७ का स्थानीयले केशरपुर स्वास्थ्य केन्द्रलाई नै स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाउनुपर्ने माग राख्दै तालाबन्दी गरेका थिए ।

    अहिले मेलौलीको अवस्था सामान्य छ । दुवै पक्षबीच कहाँ अस्पताल बनाउने भन्नबारे छलफल भइरहेको प्रशासनले जनाएको छ ।


    शुक्रवार, पौष ८ २०७९०२:२१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij