काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको नेता चयन गर्न समिति गठन गरेको छ। संसदिय दलको नेता चयन प्रक्रिया अगाडी बढेपछि निर्वाचन समिति गठन गरिएको हो। समितिमा मिथलेशकुमार सिंह, दीपेन्द्र झा र अर्जुन थापा रहेका छन् ।
जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय दलको नेता चयन गर्ने प्रक्रिया बढेको र त्यसका लागी विधानतः यो समिति गठन गरेको हो ।
जसपा नेपालसँग सातजना प्रत्यक्ष र पाँचजना समानुपातिक गरी १२ जना सांसद रहेका छन्। संसदीय दलका नेताका लागि अशोक राई, राज किशोर यादव, रामसहाय यादव, नवलकिशोर साह आकाङ्क्षी रहेका छन् ।
उनीहरूको बीचमा सहमति जुटाउने प्रयास हुनेछ। नभए लोकतान्त्रिक प्रक्रियाबाट टुङ्गो लगाइएको स्रोतले जनाएको छ ।