Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सरकार गठनमा सहमति जुटाउन गठबन्धनको बैठक बस्दै

सरकार गठनमा सहमति जुटाउन गठबन्धनको बैठक बस्दै

  • शनिवार, पौष ९ २०७९

  • 790
    SHARES

  • सरकार गठनमा सहमति जुटाउन गठबन्धनको बैठक बस्दै

    काठमाडौं । नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बस्दैछ। आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तयारी रहेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनु भयो ।

    बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रुपमा केही दोस्रो तहका नेताहरूबीच छलफल हुने तयारी छ।

    निर्वाचन सम्पन्न भएपश्चात नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय भोली सकिदै छ । समय सकिने मिती नजिकिदै गर्दा समेत दलहरूबीच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति जुट्न सकेको छैन ।

    राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्वपूर्ण पदहरुको गठबन्धन दलहरूबीच भागवण्डा मिल्न नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन । यसअघि बसेका सत्ता गठबन्धन दलको बैठक विना निष्कर्ष टुङ्गिँदै आएको छ ।


    शनिवार, पौष ९ २०७९०३:११:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij