Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड प्रधानमन्त्री बन्दैनन् : केपी ओली

प्रचण्ड प्रधानमन्त्री बन्दैनन् : केपी ओली

  • शनिवार, पौष ९ २०७९

  • 1.4K
    SHARES

  • प्रचण्ड प्रधानमन्त्री बन्दैनन् : केपी ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गर्नुभएको छ ।

    एमाले प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज काठमाडौंस्थीत पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    प्रचण्डले फेरि एकपटक प्रधानमन्त्री हुन अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएपछि फेरी अर्को तरङ्ग उत्पन्न भएको छ ।

    ओलीले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएको तर्कगर्नुभयो । अरुले पनि समयमा कदम नचाले देश फेरि पनि देश मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावना समेत औंल्याउनुभयो ।

    अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको बताउनुभयो ।


    शनिवार, पौष ९ २०७९०३:२६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij