Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको बैठकमा जुटेन सहमति, भोली पुनः बस्ने

सत्ता गठबन्धनको बैठकमा जुटेन सहमति, भोली पुनः बस्ने

  • शनिवार, पौष ९ २०७९

  • 518
    SHARES

  • सत्ता गठबन्धनको बैठकमा जुटेन सहमति, भोली पुनः बस्ने

    काठमाडौं । सत्ता गठबन्धनमा भागबन्डा मिलाउने भन्दै निर्णायक भनिएको बालुवाटारको बैठक पुनः भोली बस्ने गरी सकिएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री को पहिला हुने भन्ने विषय र शक्ति बाँडफाँडमा सहमति नभएपछि भोली पनः बस्ने सहमतिसहित आजको बैठक सकिएको सरकारका प्रवक्तासमेत रहनुभएका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो।

    जनताबाट भएको मतलाई सम्मान गर्दै अघि बढ्ने कुरा भएको पनि उहाँले बताउनुभयो। जनमतलाई कायम राख्दै गठबन्धन कायम राख्ने निर्णय भएको भन्दै भोलीसम्ममा निर्णय आउने उहाँले दाबी गर्नुभयो। प्रधानमन्त्री को पहिला हुन्ने भनी गरिएका सबै अनुमान भएको भन्दै उहाँले सहमति गर्ने कुरामा सकारात्मक भएको दाबी गर्नुभयो।

    जनताले प्रकट गरेको मतलाई सम्मान गर्दै त्यसलाई पूरा गर्नेतिर आ–आफ्नो ढंगले एकजुट भएर जाने सहमति भएको उहाँले बताउनुभएको छ।

     


    शनिवार, पौष ९ २०७९०७:४९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij