Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वप्रकाश शर्मा भन्छन्– गठबन्धन टुटेको छैन

विश्वप्रकाश शर्मा भन्छन्– गठबन्धन टुटेको छैन

  • आइतवार, पौष १० २०७९

  • 848
    SHARES

  • विश्वप्रकाश शर्मा भन्छन्– गठबन्धन टुटेको छैन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले वर्तमान सत्ता गठबन्धन टुटिनसकेको बताउनुभएको छ । आज सामाजिक सञ्जाल ट्विटरमा उहाँले ‘हठ, हतारो र आवेगमा कुनै निर्णय गर्न नहुने’ लेख्नुभएको छ ।

    उहाँले आलोचनाबीच गरिएको गठबन्धन पदीय भागबन्डा मिल्न नसक्दा टुटाउन नहुनेमा जोड दिनुभएको छ । उहाँले अहिलेको गठबन्धनलाई एकजुट बनाउनुपर्ने धारणा राख्नुभएको छ ।

    महामन्त्री शर्माले गठबन्धनकै नेतृत्वमा सरकार गठनको खेल समाप्त भइनसकेको बताउनुभयो । “खेलको ९० मिनेटमा अहिले हामी छौँ । मलाई लाग्दैन, निर्धारित समयमा खेल सकिन्छ,” उहाँले भन्नुभयो, “एकैछिन कुरौँ, इन्ज्युरी समयमा खेल पुग्छ । अनि, त्यतैबाट परिणाम निस्कन्छ ।”

    अहिले नयाँ प्रधानमन्त्री को बन्ने भन्ने विषयमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का नेतासँग छलफल गर्न बालकोट पुग्नुभएको छ । बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रचण्डसहित रास्वपाका अध्यक्ष रवि लामिछाने, जसपाका नेता अशोक राईबीच छलफल भएको छ ।


    आइतवार, पौष १० २०७९०२:५८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij