Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मंसिरसम्ममा दुई लाख पाँच हजार टन मल ल्याइने

मंसिरसम्ममा दुई लाख पाँच हजार टन मल ल्याइने

  • शनिवार, भाद्र २७ २०७७

  • 1.1K
    SHARES

  • मंसिरसम्ममा दुई लाख पाँच हजार टन मल ल्याइने

    काठमाडौं । सरकारले आगामि मंसिर दोस्रो साताभित्र दुई लाख टन मल आयात गर्ने तयारी गरेको छ ।

    सरकारी अनुदानमा रासायनिक मल आपूर्ति र वितरणको जिम्मा लिएका दुई सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंसिरसम्म २ लाख ५ हजार टन युरिया, डिएपी र पोटास आयात गर्ने ठेक्का सम्झौता गरेका छन् ।

    थप १ लाख ५ हजार टन मल आयातको टेन्डर र ठेक्का सम्झौता गर्ने प्रक्रियासमेत अगाडि बढाइएको कृषि सामग्रीका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो । चालू आर्थिक वर्ष ०७७÷७८ का लागि सरकारले रासायनिक मल ल्याउन ११ अर्ब अनुदान रकमसमेत छुट्याएको छ ।

     


    शनिवार, भाद्र २७ २०७७१२:३४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij