Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसका कारण अर्को गठबन्धन बनाउन बाध्यता आइपर्‍यो : प्रधानमन्त्री प्रचण्ड

कांग्रेसका कारण अर्को गठबन्धन बनाउन बाध्यता आइपर्‍यो : प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, पौष ११ २०७९

  • 835
    SHARES

  • कांग्रेसका कारण अर्को गठबन्धन बनाउन बाध्यता आइपर्‍यो : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाध्यताले अर्को गठबन्धन बनाउनु परेको बताउनु भएको छ । कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउन बाध्यता आइपरेको बताउनु भएकोे हो ।

    आज बिहान बसेको पार्टी पदाधिकारीको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने बेलामा कांग्रेस नेतृत्वको गठबन्धन बचाउन अन्तिमसम्म कोसिस गरेक तर आफ्नै बचनमा टिक्न नसकेको बताउनु भयो ।

    नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन छाडेर हिजो एमालेसहितका दलसँग नयाँ गठबन्धन बनाउदै प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ ।

    नया गठबन्धनको सरकारमा राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने, तर सरकारमा सहभागी नहुने निर्णय गरेका छन् ।अरु दलसँग समग्र पावर शेयरिङबारे छलफल हुदै छ ।


    सोमवार, पौष ११ २०७९०१:४८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij