काठमाडौं । नेपालमा आज एक हजार दुई सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमित संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।