काठमाडौं । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ लिएका छन् । प्रदेश सभाका १०९ जना सदस्यले शपथ लिएका हुन् ।
ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले हिजो शपथ लिनुभएको थियो । बाँकी सदस्यहरूलाई ढुंगानाले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
प्रदेश सभा सचिवालयका अनुसार १२ जनाले नेवारी तथा ३ जनाले तामाङ भाषामा र बाँकीले नेपाली भाषामा शपथ लिएका छन् ।