Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डमाथि चुनौतीका चाङ, एमालेलाई रिझाउन नसके थप बर्बादी (खास खबर)

प्रचण्डमाथि चुनौतीका चाङ, एमालेलाई रिझाउन नसके थप बर्बादी (खास खबर)

  • बिहिवार, पौष १४ २०७९

  • 915
    SHARES

  • प्रचण्डमाथि चुनौतीका चाङ, एमालेलाई रिझाउन नसके थप बर्बादी (खास खबर)
    काठमाडौं । यसअघिका सत्तासाझेदार दल तथा निर्वाचनमा सँगै होमिएका कांग्रेस, माओवादीको बाटो आइतबारदेखि फरक दिशामा परिवर्तन भएको छ । गएको निर्वाचनमा तेस्रो दल बनेको माओवादी सत्ताको नेतृत्व गरिरहेको छ भने पहिलो बनेको नेपाली कांग्रेस प्रतिपक्षी दल बन्न पुगेको छ । प्रचण्डको प्रधानमन्त्री बन्ने तीव्र आकांक्षाका कारण विगतका सहमति, ड्राफ्ट एकैपटक तहसनहस भएका छन् । 
     
    गठबन्धनलाई दशौँ वर्षसम्म मिलाएर लैजाने बाचा गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको आशक्तिका कारण अलग–अलग हुन पुगेका छन् । जसको प्रत्यक्ष फाइदा नेकपा एमालेले लिइरहेको छ । शनिबार साँझसम्म प्रतिपक्षीको भूमिकाका विषयमा बहस गरिरहेका एमाले आइतबार साँझ आइपुग्दा सत्ताको नेतृत्व गर्ने दल बन्न पुग्यो । यसपालि प्रचण्डले त जसरी पनि प्रधानमन्त्री बन्ने दाउ निर्वाचन अगावै लिएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसाल बताउनुहुन्छ । 
     
    शनिबारसम्म सँगै सहयात्रा गरिरहेका माधव नेपाल र प्रचण्ड आइतबारसम्म आउँदा अलग बनिसकेका थिए । प्रचण्ड यतिबेला एमालेको समर्थनमा प्रधानमन्त्री त बन्नुभएको छ तर उहाँमाथि चुनौतीका चाङ रहेका छन् ।
     
    यता एमाले एकीकृत समाजवादीलाई मनाउने प्रयास गरिरहेको छ । एकीकृत समाजवादी एमालेमा फर्किँदा ऊ मुलुकको ठुलो दल बन्ने छ प्रचण्ड थप छाँयामा पर्ने सम्भावना पनि छ । राजनीतिक विश्लेषक टीकाराम भट्टराईका अनुसार संविधानको धारा ७६ को २ अन्तर्गत सरकार बनेकोले एमालेलाई रिझाइराख्न प्रचण्डलाई चुनौती छ । 
     
    २०६४ सालमा २२० सिट जितेको नेकपा माओवादी केन्द्र २०७९ सालसम्म आइपुग्दा जम्मा ३२ सिटमा खुम्चिएको छ । निरन्तरको यो खुम्च्याइले प्रचण्डलाई प्रधानमन्त्री बन्ने यो अन्तिम अवसर पनि थियो । यसैका लागि पनि प्रचण्डले अहिलेको अवस्थालाई राम्ररी अध्ययन गरी पदको लाभ लिएको धेरैको विश्लेषण रहेको छ । मुलुकको आजको समस्यालाई सम्बोधन गर्न नसक्दा आगामी पाँच वर्षको हैसियत के हुन्छ त्यो भने पाँचवर्ष पछि मात्रै हेर्न पाइने छ । 
     


    बिहिवार, पौष १४ २०७९०७:११:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij