Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

तमु समुदाय बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित छः प्रधानमन्त्री प्रचण्ड

तमु समुदाय बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित छः प्रधानमन्त्री प्रचण्ड

  • शुक्रवार, पौष १५ २०७९

  • 488
    SHARES

  • तमु समुदाय बलिदान र समर्पणको  पर्यायको रुपमा स्थापित छः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय विश्वभरीका लागि इमान्दारिता, पारदर्शिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित रहेको बताउनुभएको छ ।

    तमु ल्होसारको उपलक्ष्यमा आज काठमाडौंको टुँडिखेलमा आयेजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।

    ‘तमु समुदायको आफ्नै मौलिक र ऐतिहासिक पहिचान स्थापित छ। आफ्नो इमान्दारिताका कारण, आफ्नो लगन र निष्ठाका कारण, आफ्नो विरता बलिदानको कीर्तिमानका कारण तमु समुदाय नेपाली मात्रमा गर्वको एउटा पहिचान हो,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘विश्वभरीका लागि पनि इमान्दारिता, पारदर्शिताका, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित छ।’

    यस्तै, तमुहरुको ल्होसार मनाउने प्रक्रिया बुद्ध जन्मिनु अघिबाटै थालेको अन्वेषकले पत्ता लगाएका पनि प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयो ।

    तमु समुदायले आज बाघ वर्षको बिदाई र बिरालो वर्षको स्वागत गरि देशका विभिन्न स्थानमा ल्होसार मनाउँदै छन् ।


    शुक्रवार, पौष १५ २०७९०४:०७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij