Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता उलटपुलट भएसँगै कांग्रेसमा असमझदारी बढ्दो, कार्यसम्पादन बैठक निर्णय गलत रहेको मीन विश्वकर्माको भनाइ (खासखबर)

सत्ता उलटपुलट भएसँगै कांग्रेसमा असमझदारी बढ्दो, कार्यसम्पादन बैठक निर्णय गलत रहेको मीन विश्वकर्माको भनाइ (खासखबर)

  • शुक्रवार, पौष १५ २०७९

  • 547
    SHARES

  • सत्ता उलटपुलट भएसँगै कांग्रेसमा असमझदारी बढ्दो, कार्यसम्पादन बैठक निर्णय गलत रहेको मीन विश्वकर्माको भनाइ (खासखबर)

    काठमाडौं । जनताबाट पहिलो दलको रुपमा अनुमोदित भएको नेपाली कांग्रेस अहिले प्रतिपक्षमा बस्नुपर्ने स्थिति सिर्जना भएसँगै पार्टीभित्र बहस र छलफल शुरु गरिएको छ । विशेषगरी संस्थापन इत्तर पक्षले सभापति शेरबहादुर देउवाकै कारण कांग्रेस यो हविगतमा पुगेको आक्षेप लगाइरहेको छ ।

    अन्तिम समयसम्म आइपुग्दा पनि सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपति नछोड्ने हठका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको छहारीमा पुगेका थिए । गतसाता अघिल्लो दिन शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने समय घर्किसकेको बताउँदै गर्दा आइतबार काखी च्यापे । यतिसम्मकी ओलीले देउवालाई फोन गरेर तपाईं ब्याक नहट्नुस् एमालेले प्रचण्डलाई प्रधानमन्त्री कुनै हालतमा बनाउँदैन सम्म भन्न भ्याउनुभएको विषय बाहिरिएका छन् । अर्को कुरा कांग्रेस कार्यसम्पादन समितिको बैठकले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने गरी निर्णय गरिसकेको थियो । सो निर्णय महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाकै उपस्थितिमा भएको कांग्रेस नेता मीन विश्वकर्माको भनाइ छ ।

    संस्थापन पक्षको अहमताका कारण यो अवस्था आएको विश्लेषण गरिरहेको संस्थापन इतर पक्ष यसबाट पन्छिन खोजिरहेको छ । उसले यसमा सभापति देउवाको प्रमुख भूमिका रहेको निष्कर्ष निकालेपछि कांग्रेसभित्र दुवै समूहबीच आपसी असमझदारीको स्थिति उत्पन्न भएको देखिन्छ । सरकार गठनको रस्साकस्सी सुरु भइरहेका बेला नेपाली कांग्रेसले दोस्रो तहका नेताहरुलाई उपेक्षामा राख्यो । जबकि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दोस्रो तहका नेताहरु परिचालन गर्दा असम्भव नयाँ सरकारको समिकरण पनि सम्भव भयो । एमालेले नेपाली कांग्रेस र माओवादीसँग वार्ताका लागि दोस्रो तहका नेताहरु परिचालन गरेको थियो ।

    त्यस्तै, माओवादीले पनि कांग्रेस र एमालेसँग सत्ता समिकरणका लागि आन्तरिक छलफल गर्न दोस्रो तहका नेताहरु सक्रिय बनाएको थियो । तर, नेपाली कांग्रेसले भने यो रणनीति निर्माण गर्न सकेन । पार्टीभित्र शक्तिशाली भनिएका दोस्रो तहका नेताहरुले पनि कांग्रेसको साख जोगाउन निर्णायक भूमिका निर्वाह गर्न सकेनन् । देउवालाई नै सारथी बनाएर हिड्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेल समेत देउवामाथि नै दोषारोपण गरिरहनुभएको छ ।

    कांग्रेस यतिबेला आरोपप्रत्यारोपमा व्यस्त छ । कतिपय नेताहरुले विशेष महाधिवेशनको माग समेत गरिरहेका छन् । अहिलेको यो विषम परिस्थितिलाई कांग्रेसले कसरी ट्याकल गर्छ त्यो भने हेर्न बाँकी छ ।


    शुक्रवार, पौष १५ २०७९०७:५८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij