Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालकोटमा केपी ओली र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता

बालकोटमा केपी ओली र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता

  • शनिवार, पौष १६ २०७९

  • 604
    SHARES

  • बालकोटमा केपी ओली र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

    ओली निवास बालकोटमा आज विहान भेट भएको लामिछानेका सचिवालय संयोजक दीपक बोहराले जानकारी दिनुभयो ।

    एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको समर्थनमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेको छ । मन्त्रिपरिषद विस्तार र अन्य राजकीय पदहरुमा भागवण्डा बाँकी नै छ । सरकारलाई समर्थन गर्ने दलहरुले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति पनि गरिसकेका छन् ।

    सरकार सञ्चालनका लागि सरकारलाई समर्थन गर्ने दलहरुको उच्चस्तरीय संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली रहनुभएको छ । यही सन्दर्भमा ओली र प्रमुख सत्तारुढ घटक रास्वपा सभापतिसमेत रहनुभएका लामिछानेबीच भेटवार्ता भएको हो ।

    भेटमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल भएको लामिछानेका सचिवालय संयोजक बोहराले बताउनुभयो ।


    शनिवार, पौष १६ २०७९०२:५४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij