Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचनमा अन्तर्घात गर्ने नेता धमाधम कारबाहीमा

निर्वाचनमा अन्तर्घात गर्ने नेता धमाधम कारबाहीमा

  • आइतवार, पौष १७ २०७९

  • 448
    SHARES

  • निर्वाचनमा अन्तर्घात गर्ने नेता धमाधम कारबाहीमा

    काठमाडौं । चुनावमा अन्तर्घात गर्नेहरूको नामावली पठाउन कांग्रेस केन्द्रीय कार्यालयले थप एक महिना समय दिएकोमा हालसम्म चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि कारबाहीको सिफारिस भएको छ ।

    केन्द्रीय कार्यालयले सुरुमा पुस १५ सम्मको समय दिएको थियो । सोही अवधिमै काभ्रे, सोलुखुम्बु र कपिलवस्तुबाट कारबाहीको सिफारिस आएको छ । दोलखाबाट पनि कारबाहीका सिफारिस हुनुअघि नै केन्द्रमा उजुरी परेको छ ।

    कांग्रेस काभ्रे जिल्ला कार्य समितिले दुई जना केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामामाथि कारबाहीको सिफारिस गरेको छ । मधु आचार्यले प्रतिनिधि सभामा गठबन्धनबाट कांग्रेस उम्मेदवार बनेका शिव हुमागाईँलाई हराउन भूमिका खेलेको आरोप छ ।

    त्यस्तै गणेश लामाले जिल्ला सभापति तीर्थ लामालाई प्रदेश सभा सदस्य हराउन खोजेको आरोप छ । तीर्थ लामाले एमालेका चन्द्र लामालाई जम्मा २ मतले मात्र पराजित गरेका थिए । काभ्रे कांग्रेसले प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री कन्चनबादे श्रेष्ठमाथि पनि कारबाही सिफारिस गरेको छ ।

    त्यस्तै सोलुखुम्बुमा भने कांग्रेस जिल्ला सभापति नै कारबाहीको सिफारिसमा परेका छन् । जिल्ला सचिव भलाकाजी राई र युवराज घिमिरेले संयुक्त रूपमा केन्द्रीय अनुशासन आयोगमा केन्द्रीय सदस्य आङगेलु शेर्पा र जिल्ला सभापति नाम्गले जाङ्बु शेर्पामाथि कारबाहीको सिफारिस गरेका छन् ।

    केन्द्रीय सदस्य र जिल्ला सभापतिले कांग्रेस नेता बलबहादुर केसीलाई पराजित गर्न भूमिका खेलेको आरोप छ । सोलुखुम्बुबाट गठबन्धनलाई पराजित गर्दै एमालेका मानवीर राई विजयी भएका थिए । बलबहादुर केसी उम्मेदवारले समेत जिल्ला सभापति र केन्द्रीय सदस्यले एमालेलाई मत मागेको आरोप लगाउँदै कारबाहीको लागि उजुरी दिएका थिए ।

    त्यस्तै कपिलवस्तुमा पनि जिल्ला सभापति अब्दुल कलामसहित नेताहरूमाथि कारबाहीको सिफारिस गरिएको छ । पराजित उम्मेदवार अभिषेक प्रताप शाहले जिल्ला सभापति कलामसहित नेताहरू विरेन्द्र कनौडिया, जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेमबहादुर रायमाझी,क्षेत्रीय सभापति ब्रह्मानन्द पाण्डेय लगायतमाथि अन्तर्घातको आरोप लगाउँदै उजुरी दिएका दिएका छन् ।

    उता दोलखाका कांग्रेस जिल्ला सभापति बर्मा लामाले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीमाथि कारबाहीको माग गरेका छन् ।


    आइतवार, पौष १७ २०७९०२:००:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij