Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आम जनता पार्टीले मधेसका ८ जिल्लाको नेतृत्व तोक्यो (सूचीसहित)

आम जनता पार्टीले मधेसका ८ जिल्लाको नेतृत्व तोक्यो (सूचीसहित)

  • आइतवार, पौष १७ २०७९

  • 525
    SHARES

  • आम जनता पार्टीले मधेसका ८ जिल्लाको नेतृत्व तोक्यो (सूचीसहित)
    काठमाडौं । प्रभु साहको नेतृत्वमा हालै गठित आम जनता पार्टीले मधेस प्रदेशका ८ जिल्लाको नेतृत्व तोकेको छ। पार्टीका केन्द्रीय अध्यक्ष साहले आइतबार(आज) ८ वटै जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोक्नुभएको हो।
     
    पर्सामा संयोजक, सचिव र इन्चार्जको जिम्मेवारी कदम रसुल, विश्वराज पटेल र बाबुराम कौशिकलाई जिम्मेवारी तोकिएको छ।  त्यस्तै, बारामा ती तीन जिम्मेवारीमा क्रमशः उमेश कुशवाह, राजकिशोर साह र अशोक लामालाई तोकिएको छ। रौतहटमा क्रमशः धर्मेन्द्र पटेल, पलट चौधरी र त्रिभुवन साह अमरलाई तोकिएको छ। 
     
    सर्लाहीमामा तुल्सी प्रसाद हुमागाईं, नवीन साह र रिता देवीलाई तोकिएको छ। त्यसैगरी, महोत्तरीमा विजय साह, प्रमोद महतो र राधेश्याम साहलाई जिम्मेवारी दिइएको छ। धनुषामा श्रीलाल महासेठ, बलदेव साह र श्रीलाल महासेठलाई तोकिएको छ। सिरहामा उदय साह, धर्मेन्द्र महरा र बिल्टु यादवलाई जिम्मेवारी तोकिएको छ। सप्तरीमा शिवकुमार महरा, सुनिल राज दास र आरडी आजादलाई तोकिएको छ
     
    मंसिर ४  को निर्वाचनमा रौतहट ३ बाट निर्वाचित भएका प्रभु साहले आफ्नै नेतृत्वमा गत बिहीबार आम जनता पार्टी गठन गर्नुभएको थियो । त्यसदिन ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति समेत गठन गरिएको थियो।
     
    Aam-Janata-Party.jpg


    आइतवार, पौष १७ २०७९०४:३९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij