Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वर्षमान पुनले भने म मन्त्री बन्दिन

वर्षमान पुनले भने म मन्त्री बन्दिन

  • आइतवार, पौष १७ २०७९

  • 594
    SHARES

  • वर्षमान पुनले भने म मन्त्री बन्दिन

    काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री बन्ने दौडमा नरहेको बताउनुभएको छ ।

    उहाँले आफू बाहिरै बसेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सफल पार्न सक्रिय रहने पनि उल्लेख गर्नुभयो ।

    पुनले आफूमात्र नभई दोस्रो पुस्ताका नेताहरु पनि सरकारमा नजाने बताउनुभयो । देउवा–प्रचण्ड समीकरण भत्काएर वाम गठबन्धन बनाउन मेहनत गरेका पुनलाई बाहिर राखेर पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई क्याबिनेटमा उपप्रधानमन्त्री बनाएपछि पुन असन्तुष्ट रहेको चर्चा माओवादी केन्द्रभित्र छ ।

    पुनले मर्यादाक्रममा तल पर्ने भएपछि सरकारमा जान तयार नभएको भन्ने आशंकामा सत्यता नरहेको जिकिर गर्नुभयो । कुनै अमुक व्यक्तिले पद प्राप्ति गर्ने वा नगर्ने विषय गौण रहेको भन्दै उहाँले बाहिरै बसेर पनि मुलुकमा विद्यमान समस्या समाधानमा लाग्न सकिने बताउनुभयो।

    राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै उहाँले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना पुरा गर्ने गरी सरकार अघि बढ्ने दाबी गर्नुभयो ।

     


    आइतवार, पौष १७ २०७९०५:५७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij