काठमाडौं । गण्डकी प्रदेश र चितवनमा थप ६३ जनामा कोरोना संक्रमण भएको छ । चितवनमा गरिएको परिक्षणमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।चितवनका १५ जनासहित ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालको ल्यावमा गरिएको परीक्षणमा भरतपुरका २ महिला र २ पुरूषमा संक्रमण पुष्टि भएको हो । यस्तै सुर्खेत र रौतहटका २ महिला तथा धनुषाका एक पुरूषमा पनि संक्रमण पुष्टि भएको ल्यावकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिनुभएको छ ।
यस्तै चितवन मेडिकल कलजेको ल्यावमा भएको परीक्षणमा भरतपुरका ५ पुरूष र ४ महिला तथा रत्ननगरका २ महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपुर गैँडाकोटका ३ महिला र ३ पुरूष, हुप्सकोट र मध्यविन्दुका एकरएक जना महिला र पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै बाँके, काठमाडौँ, रुपन्देही, तनहुँ र लमजुङका एक एक जना गरी अरू ५ जनामा पनि संक्रमण भएको चितवन मेडिकल कलेजले जारी गरेको सूचनामा उल्लेख छ ।
यसैबिच, गण्डकी प्रदेशका ५ जिल्लाका ३२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या २ हजार ९३५ पुगेको छ। थपिएकाहरूमा स्याङ्जा, पोखरा, लमजुङ , तनहुँ , र नवलपरासीका रहेका छन् ।