Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जसपा राजनीतिक समितिको बैठक आज बस्दै

जसपा राजनीतिक समितिको बैठक आज बस्दै

  • सोमवार, पौष १८ २०७९

  • 372
    SHARES

  • जसपा राजनीतिक समितिको बैठक आज बस्दै
    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक सोमबार(आज) बस्दै छ । बैठक भोलि मंगलबारसम्म चल्ने सो दलले जनाएको छ ।  
     
    बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरकारको न्यूनतम साझा कार्यक्रम, सरकारमा सहभागिता र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । दलको कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाहरूमा राजनीतिक बैठकमा निर्णय हुने सो दलका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनुभयो ।  
     
    ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आन्तरिक विषयमा समेत छलफल हुनेछ । यसअघि कार्यकारिणी समितिले सरकारमा सहभागीताका विषयमा पनि राजनीतिक समितिलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
     


    सोमवार, पौष १८ २०७९०६:४०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij