Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीमा उठ्यो ‘विशेष महाधिवेशन’को आवाज

एकीकृत समाजवादीमा उठ्यो ‘विशेष महाधिवेशन’को आवाज

  • सोमवार, पौष १८ २०७९

  • 1.2K
    SHARES

  • एकीकृत समाजवादीमा उठ्यो ‘विशेष महाधिवेशन’को आवाज

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एकीकृत समाजवादीमा ‘विशेष महाधिवेशन’को आवाज उठेको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले ‘विशेष महाधिवेशन’ आवाज उठाउदै पार्टीको पुनर्गठनकालदेखि अहिलेसम्मका अनुभवहरूको समग्र समीक्षा गर्नुपर्ने बताउनु भएको हो ।

    सो पार्टीको जारी पोलिटब्युरो बैठकमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले लिखित डकुमेन्ट पेस गर्दै आफ्ना गल्ती र कमजोरीहरूको निर्मम ढङ्गले उजागर गर्न सक्नुपर्ने भन्दै के कारणले राष्ट्रिय पार्टी बन्न नसकेको हो कारण खोज्नुपर्ने बताउनुभयो।

    नेता खनालले ‘अब हामीले हिँड्नुपर्ने बाटो’ शीर्षकमा २५ बुँदे सुझाव दिँदै कमजोरी नदोहोर्‍याउने एजेण्डामा छलफल गर्न विशेष बैठक आयोजना गरौँ भनेर प्रस्ताव नै गर्नुभयो ।

    उहाँले वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेपाली समाजका क्रान्ति र रूपान्तरणका निम्ति हाम्रो कार्यदिशा,नीति, सिद्धान्त र लक्ष्यका बारेमा धारणाहरू दस्तावेजीय रूपमा प्रस्ट पार्नुपर्ने पनि बताउनुभयो ।

    उहाँले पार्टी केन्द्रीय कमिटी ,प्रदेश कमिटी ,जिल्ला कमिटी ,पालिका कमिटीहरू, वडा कमिटी सम्मलाई व्यापक पुनर्गठन गर्दै छरिता,साना कमिटीहरू निर्माणमा जोड दिनुभयो ।

    नेता खनालले पार्टी यतिबेला कसैसँग विलय हुने पक्षमा नरहेको भन्दै पार्टी एकताको स्थितिमा नरहेको बताउनुभयो ।


    सोमवार, पौष १८ २०७९०२:०९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij