Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री र गभर्नरसँगको छलफलमा प्रधानमन्त्रीले के भने ?

अर्थमन्त्री र गभर्नरसँगको छलफलमा प्रधानमन्त्रीले के भने ?

  • बुधवार, पौष २० २०७९

  • 549
    SHARES

  • अर्थमन्त्री र गभर्नरसँगको छलफलमा प्रधानमन्त्रीले के भने ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रको अवस्थाबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्नुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषय बारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा आज अर्थमन्त्री र गभर्नरसँग प्रधानमन्त्रीले चासो राख्नुभएको हो । प्रधानमन्त्रीले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    छलफलमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरूको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको अर्थमन्त्री र गभर्नरलाई बताउनुभएको थियो ।


    बुधवार, पौष २० २०७९०२:२१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij