काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवमा सहसचिव नवराज ढुंगाना नियुक्त हुनु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउनु अगाडि ढुंगाना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहनुभएको थियो ।
यही पुष १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएर आएका सहसचिव ढुंगानालाई प्रधानमन्त्रीको निजी सचिवमा नियुक्त गर्ने निर्णय भएको हो ।