Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीद्वारा सिंहदरबारका संरचनाको अवलोकन (तस्विरसहित)

प्रधानमन्त्रीद्वारा सिंहदरबारका संरचनाको अवलोकन (तस्विरसहित)

  • बुधवार, पौष २० २०७९

  • 494
    SHARES

  • प्रधानमन्त्रीद्वारा सिंहदरबारका संरचनाको अवलोकन (तस्विरसहित)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार क्षेत्रको अवलोकन गर्नुका साथै आवश्यक निर्देशन दिनुभएको छ । सो क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गर्नुभएको हो ।

    प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निरिक्षण तथा अवलोकन गर्नुभएको हो । यसैगरी प्रधानमन्त्रीसले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गर्नुभयो ।

    सो क्रममा मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाका बारेमा बिस्तृत जानकारी गराउनुभएको थियो ।

    तस्विरहरुः

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    7.jpg

    8.jpg

    9.jpg


    बुधवार, पौष २० २०७९०३:४९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij