बाँके । बाँके प्रहरीले रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरी बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीबाट छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।
छालाको मोलमोलाई भएको अवस्थामा प्रहरी पुगेर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो ।
पक्राउ गरिएकाहरुबारे अनुसन्धान थालिएको र उनीहरुलाई जफत गरिएको सामानसहित आज साँझ पत्रकार सम्मेलनमार्फत सर्वाजनिक गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।