Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्ववियु निर्वाचनको मिति तोकियो

स्ववियु निर्वाचनको मिति तोकियो

  • बिहिवार, पौष २१ २०७९

  • 623
    SHARES

  • स्ववियु निर्वाचनको मिति तोकियो

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव चैत ५ गते हुने भएको छ ।

    त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु चुनाव चैत ५ गते गर्ने निर्णय गरेको हो । अब उक्त मिति त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गर्नेछ । शुक्रबार बस्ने त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गरेपछि त्रिविले स्ववियु कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।

    यसअघि चैत २८ गते गर्ने गरी सहमति जनाइएको थियो । तर, लगातार ३४ दिन विदा भएको ५ गते गर्ने गरी सिफारिस गरेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले जानकारी दिनुभयो ।

    त्रिवि कार्यकारी परिषद् बैठकले उक्त मिति अनुमोदन गरेपछि कार्यान्वयनमा आउने र सोही आधार चुनावी कार्यतालिका सार्वजनिक गरिने उहाँको भनाई छ ।


    बिहिवार, पौष २१ २०७९०२:२०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij