Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आहा ! रारा पोखरा गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै भुटनीज फाइनलमा

आहा ! रारा पोखरा गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै भुटनीज फाइनलमा

  • बिहिवार, पौष २१ २०७९

  • 348
    SHARES

  • आहा ! रारा पोखरा गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै भुटनीज फाइनलमा

    काठमाडौं । अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ ।

    पोखरा रंगशालामा बिहीबार(आज) भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १—० गोल अन्तरले हराउँदै भुटनीजले फाइनलमा स्थान बनाएको हो ।

    भुटनीजको जितमा रोजिन प्रजापतिले निर्णायक गोल गरे । रोजिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

    अब भुटनीजले उपाधिका लागि फाइनलमा संकटा क्लबसँग २३ पुसमा प्रतिस्पर्धा गर्ने छ । संकटाले एपीएफलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

    सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

     


    बिहिवार, पौष २१ २०७९०४:२६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij