काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार १७३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसँगै नेपालमा ३८ हजार ६ सय ९७ जना संक्रमित उपचारपछि निको भएका छन् ।